किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

khaptadpress.com

अछाम। अछाममा १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साँफेबगर नगरपालिका- ४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुल छन् । उनलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया