घुस्याहा वन अधिकृत यादव परे रंगेहात अख्तियारको फन्दामा

khaptadpress.com

धनगढी । डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयबाट खटिएको टोलीले यादवलाई नगद घुस रकमसहित नियन्त्रणमा लिएको हो। यादवको साथबाट घुसवापत लिएको नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको आयोगले जनाएको छ।

यादवलाई अख्तियारको टोलीले सोमबार धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएको जनाएको छ । यादव कर्मचारी सरुवा बढुवामा नेता र माथिल्लो कर्मचारी मिलाएर रकम उठाउनुका साथै सामुदायिक बनबाट छुट पुर्जी, कार्ययोजना, विधान बनाउने बेला नविकरणलगायतमा चर्को रकम उठाउने गरेको गुनासो बढेको थियो।

श्रोतका अनुसार यादवसँग थप एकजना जोडिएका छन्। एक लाख रकम बुझेका ऊनी फरार रहेको श्रोतले बताएको छ। घटनासँग जोडिएका थप व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया