प्रजिअ सरुवामा भद्रगोल : अछाम नपुगी कोइरालालाई डडेल्धुरा पठाइयो, अछाममा बुढा

khaptadpress.com

अछाम। गृह मन्त्रालयले एक प्रमुख जिल्ला अधिकरी र दुई सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। 

जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिप्रका डडेल्धुरामा सरुवा गरिएको हो। 

त्यसैगरी जिप्रका दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा र जिप्रका डडेल्धुराका सप्रजिअ शावित्रा पुनको पनि सरुवा गरेको छ। बुढा अछाम पुगेका छन् भने पुन दाङमा सरुवा भएको मन्त्रालयले जनाएको छ। 

गुल्मीको प्रमुख जिल्ला अधिकारी रहेका कोइरालाको केही दिन पहिले मात्रै अछाम सरुवा भएको थियो। कोइराला अछाम नपुगेरै डडेलधुरा सरुवा भएको छ। कोइराला यसअघि स्थानीय विकास अधिकारी भएर अछाम बसिसकेका हुन्। यस्तै अछाममा कार्यरत आनन्द सारुको गुल्मी सरुवा भएको थियो। उनी पनि गुल्मी नगएरै फेरि दैलेख सरुवा भएका छन्। पछिल्लो समय गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवामा व्यापक चलखेल भएको आरोप लागिरहेको छ।


प्रतिक्रिया