भारत। भारतको हिमाञ्चल प्रदेशमा भएको जीप दुर्घटनामा चार नेपालीको ज्यान गएको छ। तीमध्ये तीन जना एकै परिवारको भएको बताइन्छ। दुर्घटनामा दुई जना घाइते छन्।
सिमला जिल्लाको कोटखाई नजिक भएको दुर्घटनामा ज्यान गुमाएकामा ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट हुन्।
उनीहरुको ठेेगाना सल्यान कुमाख गाउँपालिका-४ रहेको बुझिएको छ।
नवभारत टाइम्सका अनुसार घाइते नवराज शाही र हिमबहादुर शाही उपचारपछि घर फर्केका छन्। ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन्।
३१ भदौ २०८२, मङ्गलबार ०१:१९ मा प्रकाशित