सन्तोष परियारको मध्यरातमा स्टाटस- 'पागल' हुन तयार छु

khaptadpress.com

अछाम। केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले मध्यराति फेसबुकमा स्टाटस लेख्दै आफू मान्छेको न्यायका लागि लडिरहने अठोट व्यक्त गरेका छन्।

यसका निम्ति बरु 'पागल'को आरोप खेप्न परे पनि पछि नहट्ने प्रतिबद्धता उनले प्रकट गरेका छन्।

उनले लेखेका छन्, 'एक्लै हुन्छु। पागल करार हुन्छु। असफल प्रमाणित हुन्छु। तर, म मान्छेका लागि लडिरहन्छु।'

गत कात्तिक २८ गते रास्वपा त्यागेका परियारले त्यही दिन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग ५ बुँदे सहमति गरेका छन्।

रास्वपाका तत्कालीन सचिवालय सदस्य परियारले राजीनामा पत्रमा लेखेका छन्, 'निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दु:खी छु।' 

समाचार तयार पार्दासम्म बिहान साढे ५ बज्दा उनको स्टाटसमा २ हजारले कमेन्ट गरेका छन्। कमेन्टमा मिश्रित प्रतिक्रियाहरु छन्। 

सबैभन्दा पछिल्लो कमेन्ट यस्तो छ-"वैकल्पिक राजनीतिक‍ो ढोल पिट्दै जनतालाई झुक्याउने, अवसर पाउँदासम्म भ्रमको खेती गर्दै पुराना नेता र दललाई गाली गर्ने अनि अन्तिममा तिन‌‌ैसँग कुम जोड्ने तपाईंको बौद्धिकता पनि देखियो।"


प्रतिक्रिया