देउवाले सातपटक जितेको डडेलधुरामा नैनसिंह महर उम्मेदवार

khaptadpress.com

अछाम। निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सातपटक चुनाव लडेको डडेलधुराको टिकट युवा नेता नैनसिंह महरलाई दिइएको हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अगाडि देउवाको सचिवालयले चुनाव नलड्ने विषयमा जानकारी गराएको हो ।

देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका थिए । उनी उक्त क्षेत्रबाट सातपटक निर्वाचित भइसकेका नेता हुन् । महर नेपाल विद्यार्थी संघको सभापति तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेका छन्। 


प्रतिक्रिया