कर्णाली विकास बैंकको हिनामिना प्रकरणमा राष्ट्र बैंककै पूर्वकर्मचारी पक्राउ

khaptadpress.com

अछाम। कर्णाली विकास बैंकको ठगीमा सुपरिवेक्षण गर्ने निकाय नेपाल राष्ट्र बैंककै कर्मचारीको मिलेमतो देखिएपछि प्रहरीले केन्द्रीय बैंकका एक पूर्वकर्मचारीलाई पक्राउ गरेको छ।

सहायक निर्देशकबाट अवकाश पाएका ६१ वर्षिय भुवन बस्नेतलाई सिआइबीले पक्राउ गरेको हो। उनले सुपरिवेक्षणका क्रममा कर्णाली विकास बैंकका सञ्चालकसँग लाभ लिएको खुलेपछि प्रहरीले उनलाई पनि अनुसन्धानको दायरामा ल्याएको हो।

यसअघि प्रहरीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्रा र वित्त विभागका प्रमुख देवप्रकाशसिंह ठकुरीलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । बैंकका सञ्चालकले नेपाल राष्ट्र बैंकका अधिकारीलाई समेत प्रभावमा पारेर बैंकमा हिनामिना गर्दै आएको खुलेको छ । यसरी राष्ट्र बैंककै कर्मचारीमाथि सिआइबीले अनुसन्धान गरेको यो पहिलोपटक हो।

प्रतिक्रिया