ओली-लेखक पक्राउपछि गृहमन्त्री सुदनको प्रतिक्रिया- यो प्रतिशोध होइन, न्यायको शुरूआत

khaptadpress.com

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु प्रतिशोध नभएको बताएका छन् ।


सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुरुङले प्रतिशोधभन्दा पनि न्यायको शुरूआत भएको उल्लेख गरेका छन् ।

'कानूनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको शुरूआत हो,' गुरुङले लेखेका छन् ।

ओली र लेखकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
  

प्रतिक्रिया