काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो ।
उपमहासचिव लेखराज भट्टले पार्टीले ७७ वटै जिल्लाका अधिकांश क्षेत्रमा उम्मेदवार तय गरेको र केही क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीसँगको थप परामर्शपछि टुंगो लगाइने जानकारी दिए । उपमहासचिव भट्टका अनुसार सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार छनोटको घोषणा सुरु गरिएको थियो।
कैलालीमा क्षेत्र नं. १ बाट द्वारिका प्रसाद न्यौपाने, २ बाट सूर्यबहादुर थापा, ३ बाट गौरीशंकर चौधरी, ४ बाट लेखराज भट्ट र ५ बाट नारदमुनि रानालाई उम्मेदवार बनाइएको छ। कञ्चनपुरमा क्षेत्र नं. १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह र ३ मा डा. दीपक प्रकाश भट्ट चुनावी मैदानमा उत्रिनेछन्।
अछामको क्षेत्र नं. १ मा झपट बहादुर बोहरा र २ मा यज्ञबहादुर बोगटी, बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेढा, बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेश सिंह ठगुन्नाको नाम तय भएको छ।
कर्णाली प्रदेश अन्तर्गत सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेत क्षेत्र नं. १ मा ध्रुवकुमार शाही र २ मा कुलमणि देवकोटा उम्मेदवार हुनेछन्। कालिकोटमा नगेन्द्र शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा पूर्णबहादुर रोकाया, जाजरकोटमा डम्बर बहादुर सिंह, हुम्लामा दल फडेरा र डोल्पामा लंक रोकायालाई एमालेले टिकट दिएको छ।
दैलेखको क्षेत्र नं. १ मा रविन्द्रराज शर्मा र २ मा लक्ष्मी प्रसाद पोखरेल उम्मेदवार चुनिएका छन्। लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा रामप्रसाद पाण्डे र २ मा भगवती प्रसाद यादव उम्मेदवार हुनेछन्। रुपन्देहीका केही क्षेत्रमा छलफल जारी रहे पनि क्षेत्र नं. ३ मा बासुदेव घिमिरे र ५ मा खिमलाल भट्टराईको नाम टुंगिएको छ।
पाल्पा क्षेत्र नं. १ मा नारायण आचार्य र २ मा विष्णु प्रसाद पौडेल, कपिलवस्तु १ मा विश्राम चौधरी र ३ मा वीरेन्द्र प्रसाद कनौडिया उम्मेदवार बन्नेछन्। दाङको क्षेत्र नं. ३ मा घनश्याम पाण्डे, बाँके १ मा सूर्य ढकाल र ३ मा दल बहादुर सुनार तथा बर्दिया १ मा शालिकराम अधिकारी र २ मा विमला बिकलाई टिकट दिइएको छ।
रोल्पामा गोकुल घर्ती, प्युठानमा सूर्यबहादुर थापा क्षेत्री, अर्घाखाँचीमा पिताम्बर भुसाल र गुल्मी १ मा प्रदीपकुमार ज्ञवाली तथा २ मा गोकर्ण विष्ट उम्मेदवार हुनेछन्। गण्डकी प्रदेशमा नवलपुर क्षेत्र नं. १ मा भगिरथ सापकोटा र २ मा तिल बहादुर महत क्षेत्री, गोरखा १ मा आरसी लामिछाने र २ मा मिलन गुरुङ उम्मेदवार हुनेछन्।
लमजुङमा पृथ्वीसुब्बा गुरुङ, तनहुँ १ मा भगवती न्यौपाने र २ मा केदार सिग्देल, स्याङ्जा १ मा मीनप्रसाद गुरुङ र २ मा खिमबहादुर थापालाई मैदानमा उतारिएको छ। म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्की १ मा बैन बहादुर क्षेत्री, २ मा कृष्णबहादुर थापा र ३ मा दामोदर बैरागी उम्मेदवार बन्नेछन्। बागलुङ १ मा हिरा केसी र २ मा मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा विष्ट, मनाङमा पोल्देन छोपाङ गुरुङ र पर्वतमा पदम गिरीको नाम निश्चित भएको छ।
बागमती प्रदेशका जिल्लाहरूमध्ये सिन्धुली १ मा प्रदीपकुमार केसी कटुवाल र २ मा मनोजजंग थापा, रामेछापमा माधवप्रसाद ढुंगेल, दोलखामा पर्वत गुरुङ, सिन्धुपाल्चोक १ मा आङ दोर्जे शेर्पा र २ मा शेरबहादुर तामाङ उम्मेदवार हुनेछन्। नुवाकोट १ मा बद्री मैनाली र २ मा केशव पाण्डे, धादिङ १ मा भूमि त्रिपाठी र २ मा धनबहादुर घले, रसुवामा प्रेमबहादुर तामाङ उम्मेदवार बन्नेछन्।
मकवानपुर १ मा रामेश्वर राना र २ मा महेश बर्तौला तथा चितवन १ मा कमलराज पाठक, २ मा अश्विनी घिमिरे र ३ मा शंकरराज थपलियालाई टिकट दिइएको छ। राजधानी उपत्यका अन्तर्गत काठमाडौँ क्षेत्र नं. १ मा मोहन राई, २ मा मणिराम फुयाल, ३ मा रामेश्वर फुयाल, ६ मा अनम कुमार मास्के, ८ मा राजेश शाक्य र १० मा विनोद श्रेष्ठ उम्मेदवार हुनेछन्।
भक्तपुर १ मा सोमप्रसाद मिश्र र २ मा महेश बस्नेत तथा ललितपुर १ मा चेत नारायण सञ्जेल र २ मा प्रेम महर्जनलाई उम्मेदवार बनाइएको छ। मधेश प्रदेशमा सप्तरी क्षेत्र नं. १ मा सुमनराज प्याकुरेल, २ मा सतिश सिंह, ३ मा ताराकान्त चौधरी र ४ मा बालकृष्ण चौधरी उम्मेदवार हुनेछन्।
सिराहा १ मा रामशंकर यादव, २ मा नवीन कुमार यादव, ३ मा लिलानाथ श्रेष्ठ र ४ मा बिलतु साह चुनावी मैदानमा उत्रिनेछन्। धनुषा १ मा रामचन्द्र मण्डल, २ मा उमाशंकर अरगरिया, ३ मा जुली कुमारी महतो र ४ मा रघुवीर महासेठ, महोत्तरी १ मा लक्ष्मी महतो कोइरी, २ मा राम परीक्षण यादव र ४ मा सरोजकुमार यादव उम्मेदवार हुनेछन्।
रौतहट १ मा अजय कुमार गुप्ता, २ मा शैलेन्द्र साह, ३ मा कुन्दन कुशवाहा र ४ मा रामजी साह, बारा १ मा अच्युत मैनाली, २ मा बलवीर प्रसाद चौधरी, ३ मा ज्वाला कुमारी साह र ४ मा कृष्णकुमार श्रेष्ठ (किसान) उम्मेदवार बन्नेछन्। सर्लाही ३ मा हरि उप्रेती र पर्सा ३ मा प्रमोद जैसवाल तथा ४ मा जालिम मियाँलाई टिकट दिइएको छ।
कोशी प्रदेशमा पाँचथरमा ऐन्द्र सुन्दर नेम्वाङ, इलाम १ मा काजीमान कागते र २ मा सुहाङ नेम्वाङ, झापा १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे, ४ मा मनोज ताम्ली र ५ मा केपी शर्मा ओली उम्मेदवार हुनेछन्।
धनकुटामा राजेन्द्र राई, तेह्रथुममा भवानी खापुङ, भोजपुरमा शेरधन राई, सोलुखुम्बुमा मानवीर राई, खोटाङमा देवी बिक्रम राई, ओखलढुंगामा अम्बिका थापा उम्मेदवार हुनेछन्। सुनसरी १ मा सूर्य कोन्दङ्वा, ३ मा भगवती चौधरी र ४ मा जगदीश कुसियैत तथा मोरङ १ मा घनश्याम खतिवडा, २ मा दिलीप कुमार अग्रवाल, ४ मा विनोद ढकाल, ५ मा योगेश भट्टराई र ६ मा लालबाबु पण्डितलाई मैदानमा उतारिएको छ। उदयपुर १ मा दुर्गा कुमार थापा र २ मा अम्बर बहादुर रायमाझी उम्मेदवार हुनेछन्।
टुंगिन बाँकी रहेका क्षेत्र
उपमहासचिव भट्टका रुपन्देहीका क्षेत्र नं. १ र २, कपिलवस्तुको क्षेत्र नं. २, दाङका क्षेत्र नं. १ र २, बाँकेको क्षेत्र नं. २, रुकुम पूर्वको क्षेत्र, काभ्रेपलाञ्चोकको क्षेत्र नं. २, काठमाडौँका क्षेत्र नं. ४, ५, ७ र ९, ललितपुरको क्षेत्र नं. ३, महोत्तरीको क्षेत्र नं. ३, सर्लाहीका क्षेत्र नं. १ र २, पर्साका क्षेत्र नं. १ र २, ताप्लेजुङको क्षेत्र, झापाको क्षेत्र नं. ३, सङ्खुवासभाको क्षेत्र र सुनसरीको क्षेत्र नं. २ मा उम्मेदवारको नाम अझै टुंगिन बाँकी छ। यी क्षेत्रहरूको अन्तिम निर्णय गर्ने जिम्मा सचिवालयले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।