काठमाडौं। एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपाको विजयमा नेपाली सेनासहित विभिन्न 'दृश्य-अदृश्य' शक्तिको निर्णायक भूमिका रहेको आरोप लगाएका छन् ।
'यो जादूमय विजयका ककसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्,' उनले भने, 'अदृश्य शक्तिहरु टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरु जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।'
रास्वापको विजयलाई चामत्कारिक भन्दै उनले यसले केही असधारण प्रश्न जन्माएको पनि उल्लेख गरे । 'कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, बालुवाटार, प्रहरी चौकी, पार्टी कार्यालय सुनियोजित ढंगले जलाइयो ? कसले अबोध विद्यार्थी लाई निषेधित क्षेत्र तोड्न उक्सायो ?' उनले भने, 'हतियारबद्ध टीओबीहरु भदौ २३- २४ गते तिलस्मी रुपमा प्रकट भए ।'