काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह पूजापाठ गरेर बालुवाटारस्थित सरकारी निवास छिरेका छन्।
शुक्रबार प्रधानमन्त्रीको निवासमा प्रवेश गर्ने क्रममा बालेनले पूजापाठ गरेका हुन्। प्रांगणमा विधिपूर्वक पूजा गर्नुका साथै उनले प्रवेशद्वारमा पनि पूजा गरेका थिए ।
बालेनले शुक्रबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथका लागि पनि मध्याह्न १२:३४ को शुभसाइत रोजिएको थियो ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्की निजी निवासमा फर्किएपछि बालेनका लागि बालुवाटार खाली गरिएको थियो ।
१३ चैत २०८२, शुक्रबार ०७:२९ मा प्रकाशित