निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने देउवा समूहको निर्णय

khaptadpress.com

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

शनिबार सानेपामा बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले आफूहरू आइतबार सर्वोच्च जाने जानकारी दिए ।

आयोगले शुक्रबार कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गरिएको निर्णय अध्यावधिक गरेको थियो । यो निर्णयसँगै सभापति गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक भएको छ ।

देउवा समूहले आयोगको उक्त निर्णय दूषित मनसायले प्रेरित रहेको ठहर गरेको छ । कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसायसाथ निर्णय गरिएको भन्दै महतले अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया