काठमाडौं। प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल चयन हुने भएका छन् । उनी निर्विरोध सभामुख चयन हुने भएका हुन् ।
संघीय संसद् सचिवालयले २२ चैतमा हुने सभामुख पदको निर्वाचनका लागि आज मनोनयन कार्यक्रम तय गरेको थियो ।
११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताका लागि आह्वान गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्यालको मात्र उम्मेदवारी परेको हो ।
यसअघि नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिम समयमा भने उम्मेदवारी दिएन ।
त्यसैले निर्धारित समयमा अर्यालको मात्र उम्मेदवारी परेपश्चात् उनी निर्विरोध सभामुख चयन हुने भएका छन् । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ ।
२० चैत २०८२, शुक्रबार ०२:३३ मा प्रकाशित