बैतडी। बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ। दुर्घटनामा थुुप्रेै व्यक्तिहरु घााइते भएका छन्।
पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।
सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो।
मृतकको विवरण
१- बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी,
२- बझाङको बित्थडचिर गाउँपालिका–७ का १३ वर्षीय अशोक राज जोशी
३- बझाङको बित्थडचिर गाउँपालिका–७ का ३५ वर्षीय बसन्त जोशी
४- बझाङको बित्थडचिर गाउँपालिका–७ का ४१ वर्षीय विष्णुदत्त जोशी
५- बझाङको बित्थडचिर गाउँपालिका–७ का ४२ वर्षीय नरेश राज जोशी रहेका छन् ।
६- बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट
७- जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतला
८-बैतडीको पुर्चौली नगरपालिका–७ का वर्षीया पुष्पा अवस्थि