अछाम। अछामको साँफेबगर नगरपालिका-३ स्थित हाटबजारमा भिषण आगलागी भइरहेको छ।
केहीसमय अघि हाटबजारको एक पसलबाट लागेको आगोले थुप्रै पसलहरु जलेका छन्। आगो अझैं नियन्त्रणमा आउन सकेको छैन।
स्थानीय निर्माण व्यवसायी गौतम कुँवरको जेसिविको सहायतामा स्थानीय नागरिक, नेपाल प्रहरी, सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागीको कारण खुल्न सकेको छैन।
साँफे हाटबजारमा यसै वर्ष आगलागी भएको यो दोस्रो पटक हो। यसअघि बैशाख १३ गते पनि यहाँ आगलागी भएर थुप्रै पसलहरु जलेका थिए।
१६ कार्तिक २०८२, शनिवार ०९:५० मा प्रकाशित