इलाममा बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या २८ पुग्यो, ८ को सनाखत

khaptadpress.com

काठमाडौं। इलाममा गएको बाढी-पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।

६ वटा पालिकामा गएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सूर्योदय नगरपालिका-१ मा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

त्यस्तै, इलाम नगरपालिका-६ मा ६ जनाको मृत्यु भएको छ।

देउमाइ नगरपालिकामा दुई जना, खापखुकपुङ गाउँपालिकामा एक जना, माङ्सेबुङका तीन जना र माइजोकमाइ गाउँपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले बताए।

सन्दकपुर गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो


ज्यान गुमाउने ८ जनाको सनाखत

बाढी-पहिरोका कारण ज्यान गुमाएका ८ जनाको सनाखत भएको छ।

शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा परी २८ जनामध्ये ६ जनाको सनाखत भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

त्यसमध्ये सूर्योदय नगरपालिका-१ बसने ६०/६५ वर्षकी मनमाया क्षेत्री, ११ वर्षीया रश्मिका क्षेत्री, ४० वर्षीया महिला र १५ वर्षकी बालिका छन्। दुई जनाको नाम खुल्न बाँकी छ। 

यस्तै, इलाम नगरपालिका-६ बस्ने २३ वर्षीय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन, २३ वर्षीय विराज पाख्रिन, ३२ वर्षीय अनु तामाङ छन्।

अन्य दुई जना पाहुना गएका ३२ वर्षीय प्रनिशिका मगर र ४ वर्षीय आरूष दनुवार छन्। उनीहरूको ठेगाना खुलेको छैन।

सशस्त्र प्रहरी बल डिएसपी थापाका अनुसार सूर्योदय नगरपालिका-१ मा पाँच जनाको मृत्यु भएको हो। 

त्यस्तै, इलाम नगरपालिका-६ मा ६ जनाको मृत्यु भएको छ।

देउमाई नगरपालिकामा दुई जना, फाकफोकफुङ गाउँपालिकामा एक जना, माङ्सेबुङका तीन जना र माइजोकमाइ गाउँपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले बताए।

सन्दकपुर गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो।

माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ।

प्रतिक्रिया