अछाम। भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानस्थल धमाधम निर्माण भइरहेका छन्।
जिल्लाभरका मतदान केन्द्रहरुमा आज बिहानैदेखि मतदानस्थल निर्माण कार्य धमाधम भइरहेका हुन्।
मतदान अधिकृतहरुका अनुसार हिजो र आज दुई दिन लगाएर मतदानस्थल निर्माण गरिएका छन्।
निर्वाचन अधकृतको कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी खटिएर सर्वदलिय बैठकसमेत सम्पन्न गरिसकिएको छ।
भोलि विहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।
२० फाल्गुण २०८२, बुधबार १०:१० मा प्रकाशित