काठमाडौं। व्यवसायी चन्द्र ढकालको छोरा सचिन ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् ।
रास्वपाको समानुपातिक सूचीलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
'उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरू अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीको नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यसपटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,' ढकालले फेसबूकमा लेखेका छन् ।
रास्वपाले उनको नाम खसआर्यतर्फ सूचीको दोस्रो नम्बरमा समावेश गरेको थियो ।