अछाम। साँफेवगर नगरपालिका-१४ पातलकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
४५ वर्षीय वीरे साउँदको सोमबार बिहान करेन्ट लागेर ज्यान गएको हो।
वडा कार्यालय नजिक वडा स्तरिय दलित संजालको भवन मर्तमका क्रममा विद्युतको मेन लाइनमा कर्कटपाता छुँदा करेन्ट लागेको वडा अध्यक्ष संजु थापाले जानकारी दिए।
पानी परिरहेको बेला पुरानो कर्कटपाता हटाएर नयाँ छाउने क्रममा करेन्ट लाग्दा ज्यान गएको मृतकका भतिजा शंकर साउँदले जानकारी दिए। साउँद मिस्त्रिको काम गर्दथे।
वडाअध्यक्ष थापाले दलित संजालको भवन मर्मतका लागि वडाबाट ६० हजार रुपैया बिनियोजन गरिएको बताए।
१६ असार २०८२, सोमबार ११:०१ मा प्रकाशित