काठमाडौं। युवा अभियन्ता माजिद अन्सारीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।
काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको विरोध गरे मारिदिने धम्की दिइएको भन्दै मंगलबार अन्सारीले साइबर ब्युरोमा उजरी दिएका हुन्।
धम्की दिने व्यक्तिले बालेनको विरोध गरे 'तेरो लास पनि भेटिँदैन' भन्दै सामाजिक सञ्जालबाट धम्की दिएको माजिदको भनाइ छ । माजिदले जेन–जी आन्दोलनमा मेयर बालेनको भूमिका शंकाष्पद रहेको बताउँदै आएका थिए ।
१५ असोज २०८२, बुधबार ०१:४८ मा प्रकाशित