एमाले निकट कर्मचारी संगठन अछामका अध्यक्ष रावलले दिए राजीनामा, यस्तो छ कारण

khaptadpress.com

अछाम। नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन अछामका अध्यक्ष जगत बहादुर रावलले पदबाट राजीनामा दिएका छन्।

दल आधारित ट्रेड युनियन अभ्यासले कर्मचारीलाई विभाजन गर्ने र प्रशासनिक संरचनामा अवाञ्छित हस्तक्षेप बढाउने गरेको उल्लेख गर्दै रावलले राजीनामा दिएका हुन्।

रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत दलगत ट्रेड युनियनले कर्मचारीको पेशागत मर्यादा र निष्पक्षतामा गम्भीर असर पार्ने, सत्ता परिवर्तनसँगै सरुवा र प्रशासनिक निर्णयमा अनैतिक प्रभाव पर्नु तीतो यथार्थ भएको बताएका छन्।

रावलले आफूलाई राजनीतिक सन्दर्भमा बलिको बोका बनाउने प्रयास स्वीकार्य नरहेको उल्लेख गरेका छन्। उनी मंगलसेन नगरपालिकाको शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत थिए। हालै उनी काज फिर्ता लिएर आफ्नो दरबन्दी रहेको रामारोशन गाउँपालिकामा फर्किएका छन्।

स्टाटस यस्तो छ:

आदरणीय मेरा शुभचिन्तकहरू
प्रष्ट पारिएको बारे !
म विगत ४ वर्षदेखि मिति २०८२/०९/०६ गते सम्म मङ्गलसैन नगरपालिका अछाममा शिक्षा शाखा प्रमुखको रुपमा कामकाजमा खटिएको थिए। म हाल मेरो पदाधिकार रहेको दरबन्दी शिक्षा अधिकृत सातौं अछाम स्थित रामारोशन गाउँपालिका रहेकोमा उक्त दरबन्दीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/०९/०३ को निर्णयानुसार कामकाज फिर्ता भई मिति २०८२/०९/०७ गतेबाट हाजिरी भई सकेको छु । म मङ्गलसैन नगरपालिकामा रहदा शिक्षा शाखामा सिर्जित म सङ्ग जोडिएको विषयवस्तुबारे प्रष्ट पार्न चाहान्छु ।

मङ्गलसैन नगरपालिकाले सार्वजनिक विद्यालय समायोजन एवम एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ बमोजिम पालिका स्तरीय विद्यालय अनुगमन समिति गठन गरी चा. लु. आव २०८२/०८३ मा हामीले ७ वटा शैक्षिक संस्था ३ विद्यालय र ४ बालविकास केन्द्र समायोजन गर्दा पालिकामा २१ जना शिक्षक, ५ जना ECD शिक्षक र ४ जना कार्यालय सहयोगीहरुको दरबन्दी मिलान गर्ने कार्य पालिका स्तरीय अनुगमन समिति, नगर शिक्षा समितिको बैठक मिति २०८२/०८/०३ मा र नगर कार्यपालिकाको बैठक मिति २०८२/०८/०९ ले सो सम्बन्धमा नीतिगत र कानूनी आधारमा समर्थन गर्दै पारित गरेको व्यहोरा जानकारी गर्न चाहान्छु।

माथि उल्लिखित मितिमा भएको कार्यपालिकाको बैठकले २९ जना शिक्षककर्मचारीको दरबन्दी मिलानको निर्णय, प्रा. वि तहमा कार्यरत स्थायी शिक्षकको माथिल्लो र विषयगत योग्यतालाई प्राथमिकताका आधारमा मा वि विद्यालयको विषयगत अभाव घटाउने गरी खटाइएको, कार्यरत अपाङ्गता र महिला शिक्षकहरूको घर पायक

दरबन्दी मिलानका निवेदनहरुलाई सबैको सहमतिमा निर्णयमा समेटन मैले मिति २०८२/०८/२० गते निर्णयको लिपि मैले नि. प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएको थिए। सो पश्चात् मिति २०८२/०८/२१ गते का दिन नगर प्रमुख ज्यू को कार्यकक्षमा, नगर उप – प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत र मलाई बसाएर कालिका मा वि जुपूमा कार्यरत शिक्षक श्री भरत बहादुर सोडारी अनुदान कोटामा कार्यरत शिक्षकको घरपायक विद्यालय श्री अन्नपूर्ण मा वि कालागाउमा दरबन्दी मिलाइ गराई पाउ भन्ने निवेदन परेको र उक्त घरपायक दरबन्दी मिलान कार्य गरिदिन वा निर्णयमा समेटिदिने आग्रह माथी घनिभूत छलफल भई उक्त मिलान कार्य गर्न सकिन्छ सकिँदैन नीतिगत र कानूनी आधार के छ भनी ? नगर प्रमुख ज्यू बाट मलाई सोधनी भई प्रतिउत्तरमा मैले दरबन्दी मिलानको कार्यक्षेत्र नगरकार्यपालिकाको क्षेत्राअधिकार भित्र रहेको ! हेर्नुहोस; स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ खण्ड ज को उपखण्ड ११, सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण कार्यविधि २०७७, शिक्षा ऐन २०२८,शिक्षा नियमावली २०५९ , नगरपालिकको ऐन संग्रहको शिक्षा ऐन २०७९, कार्यक्रम आ. व. २०८२/०८३ को कार्यक्रम कार्यान्वयन कार्यविधि(PIP)मा दरबन्दीको प्रकृतिको अध्ययन, र अन्नपूर्ण मा वि को साबिकको दरबन्दी अङ्ग्रेजी रहेको साबिकको उ म वि ४ कोटामा अर्थशास्त्र, लेखा, नेपाली र अङ्ग्रेजी विषयको दरबन्दी तेरिज रहेको र पुन: नेपाली अनुपयुक्त र उपयुक्त प्रचलित नियम बमोजिम मैले दरबन्दी मिलान गर्न सकिने कुराको ठहर गरेको ठोस सुझाव उहाँहरुलाई मैले त्यसै meeting मा बोलेको व्यक्त गरेको छु र नगर प्रमुख ज्यू उप प्रमुख बाट र नि प्र. प्र.अ. ले त्यसो भए गर्नुस ल्याउनुस निर्णय थपेर भन्दा म शाखामा फर्के मेरो अरु पनी महत्त्वपूर्ण कामहरू हुदा त्यो काम गर्न मलाई ५ बजिसकेको थियो र सबै शिक्षक कर्मचारीको पत्र समेत लेखेर शाखामा राखेको!

भोलि बिहान २२ गते मिति २०८२/०८/२३ गते १ दिने धनगढीको program र २४ गते कंचनपुरको program भ्यायर मैले पालिकाका स्थायी शिक्षकहरुको आव २०८२/०८३ को वार्षिक तलबी प्रतिवेदन परित गर्न काठमाडौको लागि जाने अनुमती मैले नि. प्र प्र अ र लेखा शाखाको समन्वयमा अनुमती लिएको।

२१ गते बेलुका नै मैले सो दरबन्दी मिलानको काम गर्न मिल्ने देखिन्छ भनी एक प्रति document office मा छोडेको र closing को जिम्मा निमित्त र उप प्रमुखलाई छोडेको ।

अब २२ गते बिहान निर्णय closing का लागि नि प्र प्र अ र उप प्रमुख ज्यू ले नगर प्रमुख कहाँ जादा कार्यक्षमा भेटिनुभएन र दुबै जनाले नगर प्रमुखलाई फोनमा सबै कुरा सुनाउदा हुन्छ पत्र लिएर हाजिर गर्न जानुस यता बाकी काम गर्दै गरौला भनेर आश्वासन दिनु भएको ।

अब २३ गते,मैले पत्र बनाएता पनि निर्णय नगर्दा सम्म तपाईं हाजिर नहुनुहोला भन्दा नगर प्रमुख ज्यूले हाजिर गर्नुस भनेको आधारमा भरत सोडारीले हाजिर गर्नुभएको। मेयर, उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत र म बिच भएको स्पष्ट सहमती र मेयर र निमित्तको स्पष्ट मौखिक आदेशको आधारमा काम भएको र मेयरका अन्य सबै आदेशहरु कार्यपालिकाले अनुमोदन गर्ने सन्दर्भ र अवस्थामा मलाई आदेश दिएर मेयर स्वयम् मेरो सङ्ग्लग्नता नै छैन भन्ने ढङ्गले सफेद झुट समेत बोल्न सक्नुहोला भन्ने कुराको आकलन गर्न नसक्नु चाहिँ मेरो त्रुटि हो !

मान्छेहरुले बनाएको अदालतभन्दा पनि माथीको अदालतमा यी मान्छेहरु के जवाफ देलान भन्ने मात्रै लाग्छ ! मङ्गलसेन नगरपालिकामा रहदा मलाई साथ, सहयोग, समर्थन र सहकार्यको लागि तपाइहरु सम्पुर्णमा हार्दिक धन्यवाद ! पृथ्वी गोलो छ र जिन्दगी सुन्दर छ ! तसर्थ भेट कुनै न कुनै रुपमा फेरि पनि हुने नै छ ! धन्यवाद !

प्रतिक्रिया