दुई हारपछि काठमाडौंको ‘कमब्याक’, लुम्बिनी २२ रनले पराजित

khaptadpress.com

काठमाडौं। लुम्बिनी लायन्सका ब्याटरले धैर्य गुमाउँदा काठमाडौं गोर्खाजले चौथो खेलमा जित दर्ता गरेको छ। १५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको लुम्बिनी १३५ रनमा समेटियो। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो। यो लुम्बिनीको लगातार दोस्रो हार हो। 

काठमाडौंले भने लगातार दुई हारपछि जित हासिल गरेको छ। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौं त्यसपछिका दुई खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। तर, चौथो खेलमा लुम्बिनीलाई पराजित गर्दै काठमाडौंले ‘प्लेअफ’को सम्भावना कायमै राखेको हो। 

लिग चरणमा सबै टोलीले समान सात खेल खेल्दा अंक तालिकामा पछि पर्ने चार टोली बाहिरिनेछन्। दुईदेखि चौथो चरणका खेल जारी रहँदा पाँच वटा टोली समान दुई खेलमा पराजित भएका छन्। 

पोखरा र जनकपुर दुवै खेलमा जितविहीन हुँदा काठमाडौंले चार खेलमा दुईमा जित र दुईमा हार ब्यहोरेको छ। लुम्बिनी र कर्णालीले समान तीन खेलमा एक जित र दुई हार ब्यहोरेका छन्। चितवन एक जित र एक हार नतिजा निकाल्दा सुदूरपश्चिम र विराटनगर तेस्रो खेलसम्म अपराजित छन्। 

प्रतिक्रिया